तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ४८ जनाको स्वाबको नमुना संकलन

नेपालगन्ज । बाँकेमा आज थप ४८ जनाको स्वाबको नमुना संकलन गरिएको छ । नेपालगन्जमा कोरोना संक्रमितहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्दै स्वाब लिने क्रम चलिरहेको छ ।

आज बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर ७ सोनपुरबाट १७ जना, नेपालगञ्जको विपी चोक आसपासबाट ३० र खजुरा क्यान्सर अस्पतालबाट १ गरी ४८ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यसअघि पहिलो संक्रमित ब्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर ९४ जनाको स्वाब लिइएकोमा एउटै टोलका २२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि ती २२ जनाको सम्पर्कमा आएकाहरुको खोजी गर्दै स्वाब लिन थालिएको छ ।

मंगलबार संकलित सबै ५४ स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । हिजो संकलित १ सय ३६ स्वाबको रिपोर्ट पनि आउन बाँकि नै छ । संकलित सबै स्वाबको परिक्षण भेरी अस्पताल नेपालगञ्जमा भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button