२०७८ साल असार ८ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

श्रम मन्त्रालयको साढे १४ लाख कोरोना नियन्त्रण कोषमा

रेडियो नेपाल २०७७ वैशाख २५ गते १७:३६


काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १४ लाख ५१ हजार ९६७ दाखिला गरेको छ ।

मन्त्रालय तथा मातहतका पाँच निकायका सबै तहका कर्मचारीको तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिनुभयो ।

सचिव र सहसचिवको सात दिन, उपसचिव र शाखा अधिकृतको पाँच दिन र अन्य कर्मचारीको तीन दिनको तलब रकम जम्मा गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित