तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीका कारण सुर्खेतको हर्रेमा रहेको रेडियो नेपालको टावर ढल्यो

सुर्खेत। सुर्खेतको हर्रे स्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावर आज विहान वर्षासँगै आएको हावाहुरीले ढलेको छ ।

आज विहान ६ बजेतिर आएको हावाहुरीले रिपिटर टावर ढल्दा रेडियो नेपाल र नेपाल टेलिभिजनको एन्टिना भाँच्चिएपछि प्रसारण अवरुद्ध भएको छ ।

टावर रेडियो नेपालकै एफएफ रिले स्टेशनको घरको छतमा ढलेको छ । टावर ढलेर भौतिक क्षति पुगेपनि मानविय क्षति नभएको रेडियो नेपाल हर्रे स्थित एफएम रिले स्टेशनका प्राविधिक मोहन खत्रीले जानकारी दिनुभयो ।

हावाहुरीले क्षतिग्रस्त बनेको टावर बनाउन केही समय लाग्नेभएपछि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण भईरहेको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button