तपाईँ सुन्दै हुनुहुन्छः

मृतअवस्थामा मजदुर फेला

मेलम्ची । मेलम्ची नगरपालिका ११ धितालबेसी स्थित खोल्सामा एक पुरुषको शव फेला परेको छ । कैलाली घोडा घोडी नगरपालिका १ घर भई हाल मेलम्ची नगरपालिका ११ कमल बहादुर भट्टराईको घरमा भाडामा बस्दै आएका बर्ष ३४ को बिर्ख बहादुर बिकको शव हिजो फेला परेको इलाका प्रहरी कार्यलय मेलम्चीकाप्रहरी निरिक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो ।

बिक मेलम्ची जिरोकिलो सडक खण्डमा लेवर काम गर्दै आएका थिए । उनी वैशाख १७ गते बाट हराएको बताइएको छ । उनको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याई सुरक्षित साथ राखिएको छ। उनको हत्या हो या अन्य कारणले मृत्यु भएको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button