तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर एक महिलाको ज्यान गयो

दोलखा । चट्याङ लागेर दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर ५ डाँडाखर्कमा एक महिलाको ज्यान गएको छ । अर्को एक जना घाईते भएका छन् ।

बुधवार साँझ चट्याङ लागेर रामेछापको दोरम्बा गाँउपालिका वडा नम्बर १ सुर्केकी ३९ बर्षिय सीता श्रेष्ठको घट्ना स्थिलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताउनु भयो । चट्याङ लागेर मृतकको दाजु दोलखा मेलुङ गाँउपालिका वडा नम्बर ५ पाखेडाँडा बस्ने ४५ बर्षिय मोतिबहादुर श्रेष्ठ घाईते भएको प्रहरीले जनाएको छ ।

आफन्तको घरमा गएर फर्कदै गर्दा डाँडाखर्कमा अचान चट्याङ लागेर सिताको घट्ना स्थिलमै मृत्यु भएको थियो भने मोतिबहादुर घाईते भएका थिए । घाईते श्रेष्ठको डाँडाखर्क स्थित स्वास्थ्य चौकीमा उपचार भै रहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button