तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा क्वारेन्टाईनको अनुगमन, कमी कमजोरी सुधार गर्न निर्देशन

जनकपुरधाम । धनुषा जिल्लामा रहेको क्वारेन्टाईनको क्षमता तथा भौतिक सुधारका लागि निरन्तर रुपमा प्रयास भईरहेको छ ।

धनुषाका सहायक प्रमुख जिल्ला शरद कुमार पोखरेल तथा नेपाल रेडक्रस धनुषाका सभापति नरेशप्रसाद सिंह सहितको टोलीले धनुषा जिल्लामा रहेका विभिन्न क्वारेन्टाईनहरुको स्थलगत अनुगमन गरेर गर्नु पर्ने सुधारका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन सहित सहकार्य गरिरहेको छ ।

खास गरेर स्वास्थ्यको पूर्वाधार भएको पालिकाहरुमा सञ्चालन गरिएको क्वारेन्टाईनको अवस्था राम्रो रहेको छ । ती क्वारेन्टाईनले क्वारेन्टाईन सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको कार्यविधि २०७६ अनुसार नै सञ्चालनमा रहेको र केहीको अवस्था कमजोर भएकाले सुधारका लागि निर्देशन दिने कामकाज भएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनु भयो ।

धनुषा जिल्लामा हाल १८ वटा क्वारेन्टाईन सञ्चालनमा रहेको छ । कतिपय क्वारेन्टाईनमा कुनै पनि संकास्पद कोरोनाका बिरामी अहिले रहेको छैन भने आज सम्ममा विभिन्न क्वारेन्टाईनमा ९० जना व्यक्ति भर्नामा रहेका छन् ।

नेपाली सेनाको रेखदेख तथा प्रदेश सरकारको आर्थिक सहयोग तथा समन्वयमा धनुषाको नगराईन नगरपालिकाको गंगुलीमा सञ्चालनमा रहेको क्षेत्रिय क्वारेन्टाईनमा बढी संख्यामा कोरोनाको संकास्पद व्यक्ति भर्ना रहने गरेको छ ।

अहिले उक्त क्वारेन्टाईनमा खानेपानीको अभाव भएकाले खानेपानीको तत्काल व्यवस्थापन गर्नका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीमा पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।

धनुषा जिल्लामा रहेका प्रायः सबै पालिकामा रहेको क्वारेन्टाईन रहेको छ भने त्यसमा ३ सय ६९ वेड क्षमता भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले जानकारी दिनु भएको छ ।

खास गरेर क्वारेन्टाईनहरुमा पुग्नका लागि सडक, खानेपानी, शौचालय, सरसफाई, सुरक्षा व्यवस्था तथा वस्नेहरुको लागि खाना नास्ताको प्रबन्ध जस्ता विषयहरु राम्रो हुनु पर्ने क्वारेन्टाईन सम्बन्धि निर्देशिक २०७६ मा उल्लेख रहेको छ ।

धनुषा जिल्लामा रहेका क्वारेन्टाईन मध्ये क्षेत्रिय क्वारेन्टाईन, मिथिला नगरपालिकाको क्वारेन्टाईन, हंशपुर तथा गणेशमान चारनाथ नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाईनको व्यवस्था राम्रो रहेको अनुगमनको क्रममा देखिएको सहायक प्रजिअ पोखरेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button