तपाईँ सुन्दै हुनुहुन्छः

झापामा जङ्गली च्याउ खादा दुई जना बिरामी

झापा । झापाको कन्काई नगरपालिकामा जङ्गली च्याउ खादा दुई जना बिरामी भएका छन् ।

कन्काई नगरपालिका–७ का ४० बर्षीया जानुका लिम्बु र २६ बर्षीय बेनु लिम्बु जङ्गली च्याउ खाँदा बिरामी भएका हुन् ।

हिजो बेलुकाको खानासँगै जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै जनालाई केही समयदेखि नै वान्ता हुन थालेपछि उपचारको लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल भर्ना गरिएको बताइएको छ ।

हाल उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button