२०७८ साल जेठ ३१ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो

कोरोना भाइरसबाट हालसम्म एक हजार ६९४ जनाको मृत्यु

रेडियो नेपाल २०७७ वैशाख २४ गते १३:१२

नयाँदिल्ली –  भारतमा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या विगत दुई दिनदेखि तिब्र गतिमा वृद्धि भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार बिहानसम्ममा कोरोना संक्रमितको संख्या ४९ हजार ३९१ पुगेको जनाएको छ । मन्त्रालयले हालसम्म एक हजार ६९४ जनाको मृत्यु भएको पनि उल्लेख गरेको छ ।

भारतमा कूल संक्रमितमध्ये १४ हजार १८२ जना निको भएका छन् । उनीहरुलाई देशका विभिन्न अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

कोरोना संक्रमितहरुमध्ये महाराष्ट्र, गुजरात र नयाँदिल्ली सर्वाधिक प्रभावित क्षेत्र देखिएका छन् । महाराष्ट्रमा सबैभन्दा बढी १५ हजार ५२५ जना संक्रमित देखिएका छन् भने गुजरातमा ६ हजार २४५ जनामा कोरोनाको संक्रमण देखिएको छ । दिल्लीमा भने कोरोना संक्रमितको संख्या ५ हजार १०४ जना रहेको छ ।

यस्तै राजस्थानमा ३ हजार १९३ जनामा कोरोनाको संक्रमण देखिएको राज्य स्वास्थ्य विभागले जनाएको छ ।
रासस/ एएनआई

सम्बन्धित

धनुषामा एक साताका लागि निषेधाज्ञा थप

४ सेकेन्ड अगाडि रेडियो नेपाल

दुर्घटनामा कांग्रेस नेतृ खातुनको निधन

१९ मिनेट अगाडि ध्रुव अधिकारी