तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोरोना भाइरसबाट ४६ हजार संक्रमित


नयाँदिल्ली – कोरोनाभाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ३ हजार ९०० जना नयाँ संक्रमित फेला परेका छन् भने १९५ जनाको मृत्यु भएको छ ।

भारतमा यो सहित मृत्यु हुनेको संख्या एक हजार ५६८ पुगेको छ भने संक्रमितको संख्या ४६ हजार ४३३ पुगेको छ ।

मन्त्रालयका अनुसार १२ हजार ७२७ जना निको भएर घर फर्किएका छन् । अहिले पनि ३२ हजार १३८ जना उपचारका क्रममा रहेका छन् ।

भारतीय राज्य महाराष्ट्रमा १४ हजार ५४१ जना तथा गुजरातमा ५ हजार ८०४ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button