तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जमा थप ७ जनामा कोरोना पोजिटिभ :संक्रमितको संख्या ८२ पुग्यो

नेपालगन्ज । नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै नेपालगन्ज ८ जोल्हनपुर्वाकै स्थानीय हुन् ।

संक्रमित ३ पुरुष र ४ महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले थप ७ जनामा कोरोना संक्रमण देखिएको बताउनुभयो ।

यो संगै नेपालगन्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ । यसअघि शुक्रबार डिएसपी रोडका एक जना र आइतबार पहिलो संक्रमित ब्यक्तिले उर्दु भाषा र नमाज पढ्न सिकाउने जोल्हनपुर्वाटोलका १५ जनामा संक्रमण देखिएको थियो ।

पहिलो संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ९४ जनाको स्वाब संकलन गरेर भेरी अस्पताल नेपालगन्जमा पिसिआर विधिबाट परिक्षण गर्दा थप ७ जना संक्रमित भेटिएका हुन् ।

देशभर कोरोना संक्रमित ८२ पुगेका छन् । यी मध्ये १६ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button