तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा ३६८ को स्वाब परीक्षण रिर्पाेट नेगेटिभ

सप्तरी । सप्तरीमा कूल ३६८ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । तीमध्ये संक्रमित जमाती बसोबास गरेको क्षेत्रका ३१८ जनाको रिपोर्टमा कोरोना संक्रमण भेटिएको छैन ।

स्वास्थ्य कार्यालयले संक्रमित जमाती बसोबास गरेको जिल्लाको विभिन्न टोल बस्तिका ३१८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान पठाइएकोमा ३१८ जनाकै स्वाब रिपोर्ट नेगेटिभ प्राप्त भएको स्वास्थ्य कार्यालय निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

त्यस्तै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले हालसम्म विभिन्न ५१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

उनीहरुमध्ये ५० जनाको स्वाब रिपोर्ट नै नेगेटिभ प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिदैै भन्नुभयो, एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्त सप्तरीको बोदेबरसाइन नगरपालिका ५ जाँजर स्थित गत फागुन ३–५ गते आयोजित इस्लामिक धार्मिक सभा इज्तिेमासहित विभिन्न बस्तीसँग जोडिएकोले जिल्लामा ती बस्तीका ३१८ जनाको स्वाब संकलन गरी परीक्षणको लागि धरान पठाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button