तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीले उडाएको जस्ताले काटिदाँ एक किशोरको मृत्यु

सर्लाही । सर्लाहीमा एक किशोरको मृत्यु भएको छ । सोमवार दिउसो कविलासी नगरपालिका वडा नं.३ बिनगरामा अचानक आएको हावाहुरीले उडाएको जस्ताको छानोले काटिएर सोही वडा बस्ने सोनेलाल यादवको अन्दाजी १९ वर्षिय छोरा राजेश यादवको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

किशोरको आफ्नै २ तल्ले घरको जस्ताको छानो हावाहुरीले उडाएर टाउँको, घाटी र बायाँ पाखुरामा काटिँदा मृत्यु भएको हो । मृतक किशोरको शव पोष्टमाटमका लागि मलंगवा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button