तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्धारा विस्फोट पदार्थ डिस्फोज

सल्यान । सल्यानको वागचौरमा भेटिएको विस्फोट पदार्थ नेपाली सेनाले डिस्फोज गराएको छ ।

सल्यानकोे बागचौर नगरपालिका ९ धामिढुंगा स्थित थारदुला नजिकैको ओडारमा भेटिएको विस्फोट पदार्थ (सकेट बम) डिस्पोज गरिएको हो ।

नेपाली सेनाको टोलीले वम डिस्फोज गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार ओडारमा क्षेत्रमा बालबालिकाहरुले चरा खोज्दै जानेक्रममा शंकास्पद बस्तु फेला परेका थिए ।

यसका बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button