तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनका बेला रगत खोज्दै तनहुँका संघसंस्था

तनहुँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) कारण उत्पन्न परिस्थितीमा अस्पतालहरुले रगतको अभाव झेली रहदाँ तनहुँका विभिन्न संघसस्थाहरुले रगत संकलन गर्न थालेका छन् । लकडाउनको अवधि बढ्दै जाँदा बिरामीहरुले रगत पाउन नसकेको भन्दै यहाँका संघसंस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गर्न थालेका हुन् ।

सोमबार जिल्लाको दुलेगौडामा सिद्धार्थ बचत तथा ऋण सहकारी सस्थाले स्थापना दिवसको अवसरमा पारी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मार्फत ३६ पिण्ट रगत संकलन भएको सस्थाका प्रबन्धक बाबुराम देवकोटाले बताउनुभयो । उहाँले सहकारीका कर्मचारी र शेयर सदस्यहरुले रगत दान गरेको जानकारी दिदै हालको विषम अवस्थालाई केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

छैठौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनालले अहिले विषम परिस्थितिमा रगत अभाव हुन नदिन सहकारीले रक्तदान गरी पुण्य कार्य गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button