तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गमको पिडा स्ट्रेचर नपाउँदा कुर्सीमै बोक्दै सुत्केरी

जुम्ला । गुठिचौर गाउँपालिका–२ गोठीगाउँ निवासी एक महिलालाई आईतबार बिहान एकाएक सुत्केरी बेथाले च्याप्यो ।सुत्केरी बेथाले छटपटाई रहेकी उनलाई स्वास्थ्य चौकीसम्म लैजान स्टेचरको खोजीमा गाउँ भौतारिदा पनि कतै स्टेचर भेटिएन् ।अन्ततः सुत्केरीको अवस्था जटिल बन्दै गएपछि आफन्तले कुर्चीमै बोकेर जोखिम मौल्दै मणिसाँघु स्वास्थ्य चौकी पुराए ।

स्थानीय सरकार आइसकेपछि एम्बुलेन्स सञ्चालन हुनुपर्ने ठाउँमा स्टेचर समेत नपाउनु दुभाग्र्य हो । स्थानीय सस्त्री बोहोराले भन्नुभयोे,‘हरेक गाउँमा स्टेचर राख्नुपर्ने हो, एम्बुलेन्स सेवा त परै जावस स्टेचर समेत नपाउने दुर्गमका नागरिकको पिडाले अझै मुक्ति पाएका छैनन् ।’ स्थानीय सरकार योजना महत्वकांक्षी बनाए पनि कार्यान्वयन गर्न नसक्दा दुर्गमका पिडा उस्तै रहेको बोहोरामा गुनासो गर्नुभयो ।

जुम्लाको पुर्वी भागमा पर्ने गुठिचौर गाउँपालिका भौगोलिक विकटताले आफै दुर्गममा छ । त्यस्तो क्षेत्रको लागि अत्यावश्यक साधन सकेसम्म एम्बुलेन्स नभए गाउँगाउँमा स्टेचर तयारी अवस्थामा राख्नुपर्ने हो । तर स्थानीय सरकारले त्यसतर्फ ध्यानै नपुर्याएका कारण अहिले पनि सुत्केरीलाई स्टेचर नपाउँदा कर्सीमा बोक्ने बाध्यता रहेको छ ।

सुत्केरीलाई घण्टौँ कुर्सीमै बोकेर स्वास्थ्य चौकी पुर्याएका आफन्तहरुले स्टेचर नपाउँदाको पिडा सामाजिक संजाल मार्फत आक्रोस व्यक्त गरेका छन् ।

स्थानीय सरकार आएपछि सुख पाईला भन्ने सोचेका दुर्गमका नागरिकले सुत्केरी बोक्न स्टेचर समेत पाएका छैनन् । योभन्दा ठुलो विडम्बना के होला ?

गुठिचौर गाउँपालिकाले लाखौँ मुल्य हालेर डोजर ट्याक्टर खरिद गरेको छ । तर नागरिकको सेवाका लागि भने एम्बुलेन्स त परै जावस प्रयाप्त स्टेचरको समेत व्यवस्था गर्न नसकेकोमा गोठीगाउँका स्थानीयले असन्ुतष्ट व्यक्त गरेका छन् ।

गोठ गाउँमा स्ट्रेचर पठाउने तयारी
गुठिचौर गाउँपालिका स्वास्थ्य शाखाबाट प्राप्त जानकारी अनुसार मणिसाघु स्वास्थ्य चौकीका लागि गएको ६ महिना पहिले तीन वटा स्टेचर पठाइएको छ ।

स्वास्थ्य संयोजक बालाराम नेपालीले भन्नुभयो, ‘छ महिना पहिले रमेश बुढा मणिसाघु स्वास्थ्य चौकीको ईन्चार्ज हुँदा तीन स्टेचर पठाइएको थियो । तर सुत्केरी महिला बोक्न स्टेचर पाउनु पर्ने हो किन पाईएन ? मणिसाँघु स्वास्थ्य चौकी बर्थिङ सेन्टर भएकाले पनि स्टेचर हुनुपर्ने हो ।’

उहाँले पहिला पठाएका तीन स्टेचर कहा गए, के भएको हो? गाउँमा स्टेचर किन पाइएन सबै बुझेर जवाफ दिने प्रतिवद्धता समेत गर्नुभएको छ ।

उक्त स्वस्थ्य चौकीमा अहिले रमेश बुढा सरुवा भएर बम बहादुर रोकाया आउनुभएको छ ।

त्यस्तै गुठिचौर–२ गोठी गाउँमा गएको पुस महिना स्थापना भएको आधारभुत स्वास्थ्य सेवा केन्द्रका लागि तीन वटा स्टेचर खरिद भइसकेका छन् ।

स्वास्थ्य शाखा प्रमुख नेपालीका अनुसार माग गर्न आएमा १÷२ दिनमै स्टेचर पठाइने तयारी छ । तर पहिला पठाएका स्टेचर कहाँ छन् भन्ने बारे खोजी गरिने जनाइएको छ ।

गोठी गाउँमा के कति कारण स्टेचर उपलब्ध हुन नसकेको? सुत्केरीको अवस्था कस्तो छ? पहिलाको तीन स्टेचर कता गए ? स्टेचर अभाव होकी के हो भन्ने बारे बुझ्न स्वास्थ्य ईन्चार्ज बम बहादुर रोकायाले २ नम्बर वडाध्यक्षलाई धेरै पटक फोन गर्दा नेटवर्कको समस्याका कारण सम्पर्क हुन् नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button