तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधिको सुविधा ‘कोरोना व्यवस्थापन कोष’मा

मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावति गाउपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम स्वेच्छिक रुपमा “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ”मा जम्मा गर्ने भएका छन् ।

वैशाख २१ गते आइतबार गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङको अध्यक्षतामा बसेको ४६ औं गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ र उपाध्यक्ष मिरा लामा अधिकारीसहित १२ वटै वडाका वडाध्यक्ष तथा सदस्यले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको जनाइएको छ ।

गाउँपालिकाभित्र कार्यरत शिक्षक तथा कर्मचारीको हकमा अधिकृतस्तरकाले पाँच र अन्यले तीन दिनको तलब स्वतःस्फूर्त रुपमा पालिकाले स्थापना गरेको सो कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

कोषमा जम्मा हुने रकम कोरोना भाइरस नियन्त्रणका लागि आवश्यकताका आधारमा खर्च गरिने गाउँपालिकाले जनाएको छ ।

बैठकबाट गाउँपालिकाका विभिन्न विषयगत समितिहरुमा पुनरावलोकन गरी सदस्यहरुको पुर्णता दिनुका साथै सामुदायिक विद्यालयहरुमा छिटो र छरितो माध्यमबाट विद्यार्थिहरुलाइ पाठ्यपुस्तक उपलब्ध गराउन आवश्यक सहजिकरण गर्ने निर्णय भएको छ ।

इन्द्रावति गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, खाद्य तथा पोषण सुरक्षा आयोजना संगको समन्वय र सहकार्यमा गाउँपालिका भित्रका सम्पुर्ण कृषकलाइ धरातलीय दृष्टिकोणले उपयुक्त स्थानहरुमा नेपाल सरकारको सिफारिसमा गरेका बर्षा याममा लगाउन मिल्ने उन्नत जातको खाद्यन्न तथा तरकारी बालीको बिऊ बिजन समेत वितरण गर्ने ब्यवस्था मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकिय उधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button