तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट आएकालाई दशगजामै अस्थायी क्वारेन्टाइन बनाएर राखियो

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर १ कट्कुइँयास्थित दशगजामा भारतबाट आएर अलपत्र परेका २१ जनालाई अस्थायी क्वारेन्टाइन बनाएर राखिएको छ ।

दशगजामै सशस्त्र प्रहरीले बनाएको टेन्टमा उनीहरुलाई राखिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

उहाले उनीहरुको खानपिन र अन्य सबै व्यवस्थापन गाउँपालिकाले गर्ने बताउनुभयो ।

भारतका बिभिन्न शहरमा मजदुरी गर्न गएका उनीहरु शनिबार लकडाउनकै बीच नेपाल प्रवेश गरेका थिए । उनीहरु सबै नरैनापुर गाउँपालिकाका स्थानीय हुन् ।

नरैनापुर गाउँपालिकाको ३ वटा क्वारेन्टाइनमा अहिले ४४ जना रहेको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार साहले बताउनुभयो । दशगजामा २१, नेरा प्राबि खादवाँमा १४ र आदर्श मावि लक्ष्मणपुरमा ९ जना रहेको साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button