तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट आएकाहरु क्वारेन्टाइनमा नबसी घर जाँदै

बैतडी । गत बिहीबार भारतीय सीमाका क्वारेन्टाइनमा बसेका नेपालीहरु स्वदेश फर्किएपछि क्वारेन्टाइनमा नबसी घर गएका पाइएको छ ।

भारतीय क्वारेन्टाइनमा बसेकाहरुलाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित स्वदेश ल्याएपनि कतिपय नागरिक क्वारेन्टाइनमा नबसी घर गएकाले प्रहरीले उनीहरुको खोजी गर्न थालेको हो ।

जिल्लाको दशरथचन्द नगरपालिकाका २१ जना मध्ये १९ जना क्वारेन्टाइनमा नबसी बाटोबाटै घर गएपछि प्रहरीले खोजी गर्दै क्वारेन्टाइनमा ल्याएको छ ।

क्वारेन्टाइनमा नबसी घर गएकाहरुलाई घरबाटै खोजेर क्वारेन्टाइनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताउनुभयो । सीमाबाट फर्केका जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु नै क्वारेन्टाइनमा बस्न नमानेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button