तपाईँ सुन्दै हुनुहुन्छः

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर, झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेका अनुसार हिजो छिमेकीको घरमा फलामको खन्ती फ्रिजमा राख्ने क्रममा बुद्धशान्ति १ भोटेटारका ४२ वर्षीय तारा भनिने पदमलाल गड्तौलाको मृत्यु भएको हो ।

विद्युत सर्ट भएर करेन्ट लागेको प्रारम्भिक अनुसन्धानले देखाएको इप्रका बुधबारेका प्रमुख युवराज प्रसाईंले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button