तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीका ५ क्वारेन्टाईन खाली

सुनसरी । सुनसरीको विभिन्न नगरपािलका र गाउँपालिकामा सञ्चालनमा रहेको क्वारेन्टाईनमा राखिएको नागरिकहरुको कोरोना रिर्पोट नेगेटिभ आएकाले सबैलाई घर पठाइएको छ ।

सुनसरी जिल्लाको इनरुवा नगरपालिकाको बस चौक क्वारेन्टाईन, वर्जु क्वारेन्टाईन देवानगञ्ज क्वारेन्टाईन, गढी क्वारेन्टाईन र रामधुनी नगरपालिकाको कृषि तालिम केन्द्र क्वारेन्टाईनमा राखिएको सबैको कोरोना परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएकाले सबैलाई घर पठाइएको हो ।

इनरुवामा १ जना, रामधुनीमा ३६ जना, गढी ११ जना सहित सबैको रिर्पोट नेगेटिभ आएकाले सबैलाई घर पठाइएको नगरपािलका र गाउँपालिकाले बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button