तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय युवाद्वारा मजदुर र विद्यार्थीलाई राहत वितरण

भक्तपुर । भक्तपुर सुर्यविनायकका युवाहरुले बालकोटमा दैनिक ज्याला मजदुरी गरिखाने मजदुर र कोठा भाडामा बस्ने विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् ।

लकडाउनको कारण मजदुर र बिद्यार्थीहरुलाई दैनिक गुजारा चलाउनै नसक्ने अवस्थामा पुगेपछि बालकोटका युवाहरुको पहलमा खाद्यान्न सामग्री वितरण गरेको हो ।

बालकोट युवा समुहले सुर्यविनायक नगरपालिका वडा नम्वर २ र ३ र १ मा कोठा भाडामा बस्ने करिव ११ सय परिवारलाई टोल टोलमा पुगेर खाद्यान्न वितरण गरेका छन् । उनीहरुले बालकोटस्थित महेन्द्रशान्ति बिद्यालयमा मुल भण्डार राखी बिभिन्न १७ स्टेशनबाट खाद्यान्न सामग्री वितरण गरेका छन् ।

लकडाउनको समयावधी पटक पटक थपिएपछि बालकोट युवा समाजले प्रति परिवार १५ केजी चामल, एक केजी दाल, नुन, तेल, चियरा चाउचाउ लगायतका खाद्यान्न उपलब्ध गराएको युवा समुहका संयोजक रवि राणाले जानकारी दिनुभयो ।

राहत पाएपछि कोठा भाडामा बस्ने मजदुर र बिद्यार्थीहरुको केहिदिन भएपनि दैनिकी सहज भएको छ ।

खाद्यान्नको न्यायोचित बितरणका लागि टोलटोलमा पुगेर ५० जना स्वयंसेवकले अभावमा परेका परिवारको नामावली संकलन गरेका थिए बालकोटका युवाहरु सुवास कार्की, चन्द्र श्रेष्ठ, जयराज पौडेल, सुदन अधिकारी, िदपेश श्रेष्ठ, प्रद्युम्न कार्कीलगायतका २५ जना युवाको सकृयतामा दाताहरुबाट खाद्यान्न सामग्री संकलन गरेका थिए ।

लकडाउनको समयावधी बढेसँगै उपत्कामा दैनिक ज्याला मजदुरी गरि खाने बर्ग प्रत्यक्ष मारमा परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button