तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन मन्त्री भट्टराईद्वारा प्रदेशगत रुपमा संघीय सांसदहरुसँग छलफल

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आर्थिक वर्ष २०७७–७८ को नीति,कार्यक्रम तथा बजेटमा सम्बन्धमा प्रदेशगत रुपमा संघीय सांसदहरुसँग दुई दिन छलफल गर्नुभएको छ ।

मन्त्री भट्टराईले विहिबार र शुक्रबार गरी १५१ जना सांसदहरुको आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा सुझाव तथा सल्लाह लिएका हुन । शुक्रबार बिहान साँढे १० बजे देखि बेलुका साँढे ६ बजे सम्म आठ घण्टा मन्त्री भट्टराईले सांसदहरुको सुझाव तथा गुनासो सुन्नुभएको हो ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने बागमति प्रदेश, २ प्रदेश, गण्डकी प्रदेश र ५ न प्रदेशका सांसदहरुको सुझाव तथा राह लिनुभएका मन्त्री भट्टराईले विहिबार प्रदेश न १, सुदुरपश्चिम र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

सांसदहरुले विगतको परम्पराको अन्त्य गर्दै समानुपातिक, समावेशी र सन्तुलनका आधारमा बजेट वितरण गर्नुपर्नेमा विशेष जोड दिनुभएको थियो ।

प्रदेश न ३ का सांसदरुको भाषा, कला, संस्कृति धर्मको जगेर्ना गदै उपत्यकालाई पर्यटकिय तथा धार्मिक सर्किटको रुपमा विकास गर्न माग गर्नुभएको छ । त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा निजगढ विमानस्थल बनाउन चाँडो शुरु गर्न पनि उहाँहरुले आग्रह गर्नुभयो ।

सांसदहरुले साना साना कार्यक्रम नल्याई एक निर्वाचन एक पर्यटन कार्यक्रम ल्याउन समेत माग गर्नुभएको छ ।

मन्त्री भट्टराई छलफलले पर्यटन क्षेत्रमा राष्ट्रिय धारणा बनेको बताउर्दै विगतका कार्यक्रम यथावत राख्दै नयाँ कार्यक्रम आउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button