तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित भेटिएपछि नेपालगन्जका ४ स्थान शिल

नेपालगन्ज । बाँकेको नेपालगन्जका एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्जका ४ स्थानलाई शिल गरिएको छ ।

महेन्द्र पार्क क्षेत्र, एक्लैनी, डिएसपी रोड र धम्बोझी चोकलाई शिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभयो ।

वडा नम्बर ८ डिएसपी रोड महेन्द्र पार्क घर भएका ती ब्यक्ति एक्लैनीस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएको पाइएपछि ती क्षेत्र शिल गरिएको प्रशासनले जनाएको छ । धम्बोझी मस्जिदमा पनि एक जना शंकास्पद देखिएपछि उक्त क्षेत्र पनि शिल गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।

स्वास्थ्य अवस्था सामान्य रहेका कोरोना संक्रमित ती ब्यक्तिलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button