तपाईँ सुन्दै हुनुहुन्छः

एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची आसपास सञ्चालन हुने एम्बुलेन्स चालकहरुका लागि आज व्यक्तिगत सुरक्षा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई हस्तानतरण गर्नुभएको र नगर प्रमुख अर्यालले मेलम्ची आसपास चल्ने एम्बुलेन्स चालकहरुलाई ती सामग्री वितरण गरिएको नगरपालिकाका उप प्रमुख भगवति नेपालले जानकारी दिनुभयो ।

जिल्लामा सञ्चालित सिन्धु सदावहार अस्पताल र काठमाडौको ह्याम्स अस्पतालले एम्बुलेन्स चालकहरुका लागि उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । सिन्धुपाल्चोकमा सरकारी र अन्य विभिन्न क्षेत्रबाट २७ एम्बुलेन्स सञ्चालनमा छन् ।

चालकहरुका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पुन प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा सेट, मास्क, बुट र चस्मा समेत रहेको छ । स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले अहिले काठमाडौबाट धेरै जना गाउँ फर्किएका कारण गाउँघरमा भिडभाड बढ्न थालेको र गाउँघर असुरक्षित बन्दै गएकाले सामाजिक दुरी कायम गर्नुपर्ने बताउनुभयो ।

एम्बुलेन्स चालकहरुलाई ती सामाग्री वितरण गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले “सुरक्षित अरुले बनाउने हैन हामी आफैँ बन्ने हो” भन्दै वितरण गरिएको स्वास्थ्य सुरक्षा सामग्रीको सही सदुपयोग गर्न तथा प्रयोग पछि स्प्रे गर्न समेत सुझाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button