तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री भट्टद्वारा  १३१औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १३१औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुभकामना दिँद ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्ने आधार पनि श्रमिक वर्ग भएकाले बताउनुभएको छ ।

आर्थिक तथा सामाजिक रुपान्तरणमा श्रमिकको क्षमता योग्यताको उचित सदुपयोग गर्दै प्रदेशको तीव्र विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अहिले विश्व कोभिड–१९को जटिल समस्याबाट गुज्रिरहेकामा नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै उहाँले कोरोनाको सङ्क्रमणबाट जोगिन सरकारद्वारा जारी स्वास्थ्यसम्बन्धी निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button