तपाईँ सुन्दै हुनुहुन्छः

अलपत्र नागरिकलाई स्थानीय निकायद्वारा उद्धार

मुगु । कोरना भाईरसका कारण लगडाउनको समय लम्बिदै गएपछि काठमाडौं, नेपालगन्ज लगायत सुर्खेतमा अलपत्र परेका आप्ना नागरिकलाई मुगुका दुई ओटा स्थानीय निकायले उद्धार गरेका छन ।

उनीहरुलाई छाँयानाथरारा नगरपालिका र सोरु गाउँपालिकाको आर्थिक सहयोगमा उद्धार कार्य गरिएको हो ।

चौबिस ओटा बस मार्फत दुबै ओटा स्थानीय निकायका गरी जम्मा ७ सय २० जना बिहिवार मुगु पुगेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी गराउनु भयो ।

कोरोना भाईरसले बिश्व जगत नै तर्सित भएको बेला उद्धार गरिएका नागरिकलाई छायाँनाथरारा नगरपालिका भित्र पर्ने ढोटु, ताल्च र ठिनिमा रहेको हेल्प डेष्कमा चेक जाँच गरी पन्ध्र दिन सम्ममा होम क्वरोन्टाईनमा बस्ने गरी घर पठाईएको छायाँनाथरारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले बताउनु भयो ।

जिल्लामा एकै चोटी ७ सय भन्दा बढी मानिसहरु भित्रिएपछि स्थानीय बासिन्दा तर्सित भएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button