तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ को प्रादेशिक प्रयोगशाला बन्द

जनकपुरधाम । जनकपुरधामको प्रादेशक अस्पतालमा केही समय अगाडी मात्र स्थापना गरिएको कोरोनाको परीक्षण गर्ने प्रादेशिक प्रयोगशालामा जडान गरिएको पि सि आर मेसिनले सही कामकाज नगरेपछि बन्द गरिएको छ ।

सर्लाही जिल्लाका धनकौल गाउँपालिकाका वडा नंं ५ का एक जना १४ वर्षका किशोरको गलत रिपोर्ट आएपछि उक्त प्रयोगशालामा स्वाबको परीक्षण बन्द गरि प्रयोगशालामा परीक्षण गरिएका १ सय १ जना को स्वाबलाई पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने कामकाज भएको थियो ।

प्रादेशिक प्रयोगशालाको सञ्चालन गर्ने जिम्मा पाएका प्रयोगशाला प्रमुख राम विनय साहले प्रयोगशालामा गलत रिपोर्ट आएका कारणले जनकपुरधाममा परीक्षण नगरेपनि स्वाबहरुको संकलन तथा परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने कामकाज भईरहेको जानकारी दिनु भयो ।

पि सि आर मेसिन राम्रो संग स्टल नभएको र एक दिनमा ८ देखि बढीमा १० वटाको स्वाबको परीक्षण मात्र हुने क्षमता भएकाले संकलन गरिएको थुप्रै स्वाबहरु परीक्षण गर्न कैयौ हप्ता लाग्ने भएकाले अहिले केन्द्रमा नै पठाउने कामकाज भइरहेको प्रमुख साहले बताउनुभयो ।

प्रदेश नंं २ को पर्सा जिल्लामा आएको बढी क्षमताको पि सि आर मेसिन जडान गर्नका लागि चाहिने अन्य सामानहरु नआएका कारणले सञ्चालन नभएको र त्यसको जडान एवं सञ्चालनका लागि प्रयास भईरहेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो ।

प्रदेश सरकारले पि सि आर मेसिन खरिदका लागि प्रक्रिया अगाडी बढाएपनि हालसम्म प्राप्त हुन नसकेको बताउदै सचिव डा. घिमिरेले अहिले सवै तीर नै स्वास्थ्य सामाग्रीहरुको अभाव भएको बताउनु भयो ।

कोरोनाको समन्वयका लागि नेपाल सरकारले खटाएका श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवलाई पनि पि सि आर मेसिनको विषयमा लिखित रुपमा नै जानकारी गराईसकेको सामाजिक विकास मन्त्रालयका सचिव डा. घिमिरेले जानकारी दिनु भयो ।

प्रदेश नं. २ को प्रयोगशाला सञ्चालनका लागि नेपाल सरकारले तीन जनालाई विषेश तालिम दिइएका स्वास्थ्यकर्मीलाई पठाएको छ । पि सि आर मेसिन बन्द रहेपछि अहिले उहाहरु अरु नै कामकाजमा लागेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button