तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना परीक्षण जारी : रिपोर्ट नेगेटिभ

गाईघाट – त्रियुगा नगरपालिका–३ भुल्के सहित समग्र जिल्लामा कोरोना भाइरसको जोखिमकम हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख मोहन सुवेदी भुल्केसहित ६ र चौदण्डीगढी नगरपालिकासहितका दुई स्थानबाट सङ्कलन गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।

उहाँले कोरोनो परीक्षण जारी रहेको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जिल्लामा अब कोरोना वृद्धि पहिलो चरणको जस्तो नहुने र अवस्था विस्तारै सामान्य हुँदै गएको जानकारी दिनुभयो ।

जिल्लामा ४११ क्वारेन्टाइन रहेका छन् । २३५ जना ती क्वारेन्टाइन र केही होम क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button