तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुंगामा एम्बुलेन्स चालकलाई पीपीई अनिवार्य

ओखलढुंगा । ओखलढुंगामा एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामाग्री(पिपिई) अनिवार्य गरिएको छ । जिल्लाभित्र सञ्चालन हुने सबै एम्बुलेन्सका चालकलाई व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) वितरण गर्दै जिल्ला कमाण्ड पोष्टले अनिवार्य सुरक्षा सामाग्री प्रयोग गर्न निर्देशन दिएको हो ।

एम्बुलेन्स चालकहरुलाई व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य सामाग्री वितरण गर्दै जिल्ला प्रवेश गर्ने अन्य एम्बुलेन्स चालकलाई पनि पिपिई अनिवार्य लगाउन भनिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनुभयो ।

एम्बुलेन्स चालकहरुले बिरामी बोकेर हिँड्दा उनीहरुमा जोखिम हुने र चालकले सतर्कता नअपनाउँदा विरामीमा समेत संक्रमणको डर हुने भएकाले पिपिई अनिवार्य गरिएको प्रमुख तिवारीको भनाई छ ।

कमाण्ड पोष्टले प्रत्यक एम्बुलेन्स चालकहरुलाई एक/एक थान पिपिई १० /१० थान सर्जिकल मास्क, १० /१० थान ग्लोब्स् र दुई/दुई किलो ग्राम ब्लिजिङ पाउडर वितरण गरेको छ ।

स्थानीय तह, रेडक्रस र सहकारीका समेत गरि जिल्लामा आठ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button