तपाईँ सुन्दै हुनुहुन्छः

दमकमा कोरोना सङ्क्रमितको सम्पर्कमा आएका कसैलाई पनि सङ्क्रमण नभएको पुष्टि

झापा । गत शुक्रबार झापा दमक–३ का एक ६२ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टिभएपछि संक्रमित क्षेत्रलाई सिल गरि संक्रमितको सम्पर्कमा आएका ५४ जनामा गरिएको स्बाव परीक्षणमा कसैलाई पनि संक्रमण नभएको पाइएको छ ।

नगरपालिकाले जारी गरेको दैनिक विज्ञप्तिमा चार दिन अघि पिसिआरका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थ्रोट स्वावको परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाएको जनाइएको छ ।

पिसिआर परीक्षण पहिलो चरणमा दमकका बिभिन्न क्षेत्रका शंकास्पद ३० जनाको गरिएको र गत बैशाख १२ गते ती वृद्धमा संक्रमण पुष्टिभएको थियो । संक्रमितलाई सोही दिन नै बिराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका लागि पठाइएको छ ।

नगरपालिकाले संक्रमण देखिए लगत्तै संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरि गत आइतबार पिसिआर परीक्षण गरेको थियो ।

दमकमा हालसम्म ८४ जनाको पिसिआर र एक सय ५७ आरटीडी परीक्षण गरिएको मध्ये एक जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डाक्टर खड्गलाल लिम्बुले बताउनुभयो ।

निषेधित क्षेत्र हटाईयो
गत बैशाख १३ गते संक्रमित क्षेत्र आसपास गरिएको निषेधित क्षेत्र हटाइएको नगरपालिकाले जनाएको छ ।

दमक ३ स्थित संक्रमण क्षेत्रमा कोरोना फैलिएको हुन सक्ने भन्दै नगरपालिकाले त्यस आसपास सिल गरि परीक्षण गरेको थियो ।

तर प्रयोगशालामा पठाइएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि त्यहाँको घोषित सिल हटाइएको नगरपालिकाकी प्रवक्ता समेत रहनुभएकी उपमेयर गीता अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button