तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा आजबाट विकास निर्माण, कृषि उपज एवम् उद्योग सञ्चालन

मकवानपुर । मकवानपुरमा नेपाल सरकारको मापदण्ड अनुसारको स्वास्थ्य सुरक्षाको प्रवन्धसहित भौतिक दुरी कायम राखेर आजबाट विकास निर्माण, कृषि उपज एवम् उद्योगहरु सुचारु भएका छन् ।

बुधबार स्थानीय तह समन्वय बैठकले लकडाउनका कारण रोकिएका विकास निर्माणका कामहरु गर्ने र कृषि उपजहरुको खरिद बिक्रीको व्यवस्थापन गर्नेे तथा उद्योगहरु सञ्चालन गर्ने निर्णय गरे अनुसार आजबाट सञ्चालनमा आएका हुन् ।

बुधबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा कमान्ड पोष्टसहित बसेको स्थानीय तह समन्वय बैठकले लकडाउनको अवधीमा जिल्ला भित्रका स्थानीय तहमा रहेका उद्योग, कृषि उपज, निजी आवाससहित विकास निर्माणका कार्य सञ्चालन गर्ने गराउने सम्बन्धी मार्गदर्शन तयार पारेर कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

जिल्ला भित्रका उद्योग, कृषि उपज, विकास निर्माण तथा दैनिक जीवनका अत्यावश्यक वस्तु तथा सेवाहरुलाई आपुर्ति गर्ने सम्बन्धमा मार्गदर्शन बनाएर कार्यान्वयन गर्ने निर्णय भएको जिसस मकवानपुरका प्रमुख खुलालले जानकारी दिनुभयो ।

कार्ययोजनामा योजनाहरुको आवश्यक लगत बनाउने, स्थानीय तहहरुले मार्गदर्शन वमोजीम कार्यविधि बनाई कार्यान्वयन गर्ने र अति आवश्यक कार्य मात्र गर्ने कुरा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।

लकडाउनबाट लामो समयसम्म कृषि उपजका सामग्रीले बजार नपाउँदा, विकास निर्माणका कार्यहरु रोकिरहेको र उद्योग प्रतिष्ठानहरु सञ्चालन नहुदाँ आर्थिक गतिविधि लगभग ठप्प हुने अवस्था आएकाले कमान्ड पोष्ट र स्थानीय तह समन्वय समितीको निर्णय अनुसार कार्यविधी नै बनाएर गतिविधिलाई अगाडी बढाउन खोजिएको प्रमुख खुलालले बताउनुभयो ।

तोकिएको समयमा र स्थानमा स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेर तरकारी बिक्री वितरण गर्ने जनाएको छ ।

जिल्लामा दर्ता भै सञ्चालनमा रहेका बीउबिजनका पसलहरु निश्चित समयमा खोलि बिक्री वितरणको व्यवस्था मिलाउने यदि जिल्लाभित्र बिउबिजन प्राप्त हुने अवस्था नरहेमा उद्योग वाणिज्य संघमार्फत समन्वय गरी छिमेकी जिल्लाबाट बिउबिजन प्राप्त हुने व्यवस्था मिलाउने पारित कार्यविधिमा तोकिएको छ ।

स्थानीय तह समन्वय समितीको बुधवार बसेको बैठकले अनुमोदन गरेको कार्यबिधीमा हेटौँडा औद्योगिक क्षेत्र भित्र र बाहिर सञ्चालित उद्योग प्रतिष्ठानहरुले उद्योग सञ्चालन गर्न कामदारलाई सकेसम्म आवासीय रुपमा बस्ने व्यवस्था मिलाउनु पर्ने छ ।

यदि आवासीय रुपमा राख्न मिल्ने अवस्था नरहेमा सकेसम्म थोरै मजदुर र कर्मचारीबाट (२५ भन्दा कम) मात्र काम गर्ने व्यवस्था मिलाउने र उद्योगलाई कम्तिमा एक भन्दा बढी सिफ्टमा सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख गरेको छ ।

उद्योग सञ्चालनमा संक्रमित जिल्लाबाट मजदुर वा कामदार ल्याउनुपर्ने भएमा अनिवार्य पिसिआर परीक्षण गराउनु पर्ने व्यवस्था गरेको छ ।

त्यस्तै स्थानीय तहदेखि केन्द्रस्तरकाट सञ्चालन भएका (सडक, पुल, पुलेसा, खानेपानी, विद्यालय पुननिर्माण, स्वास्थ्य भवन निर्माण) विकास निर्माणको हकमा निर्माण स्थल वरिपरि निर्माणस्थल रहेको वडा) का कामदारहरु उपलव्ध भएको वा निर्माणस्थलको क्याम्पमा मौजुदा कामदारहरुको व्यवस्थापन सम्बन्धित कामको जिम्मा लिएका उपभोक्ता समिति वा निर्माण व्यवसायीले गराउनुपर्ने छ ।

सम्बन्धित वडाका कामदारहरु उपलव्ध हुन नसकेमा अन्य छिमेकी वडा वा नजिकको स्थानीय तहका कामदारहरुलाई काममा लगाउन सकिने व्यवस्था निर्देशिकामा गरेको छ ।

निर्माण व्यवसायी वा उपभोक्ता समितिले कामदारहरुको आवश्यक स्वास्थ्य सुरक्षाको निम्ति निर्माण कार्य स्थलमा हात धुने सावुन, पानी, स्यानिटाइजर र मास्क तथा सेफ्टिको सामाग्रीहरुको अनिवार्य व्यवस्था मिलाउनु पर्ने उल्लेख गरिउको छ ।

साथै सामाजिक दुरी कायम हुनेगी कामदारहरु परिचालन गर्नु पर्ने समेत उल्लेख गरिएको छ ।

मकवानपुरमा स्थानीय तहको सिफारिसमा तत्काल घर निर्माण गर्नु पर्नेहरुका लागि निर्माण सामग्री खरिद गर्न दिइने निर्णय भने यस अघि नै कमाण्ड पोष्टले गरिसकेको छ ।

जिल्लामा विपद अर्थात हालैको हावाहुरीबाट प्रभावित व्यक्ति÷परिवारलाई तत्काल घर निर्माण गर्नका लागि आवश्यक पर्ने जस्तापाता तथा निर्माण सामग्री खरिद गर्न दिने निर्णय गरेको छ । तर, त्यस्ता निर्माण सामग्री उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहको सिफारिसमा मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरसँग समन्वय गरेर सम्बन्धित पसलहरुबाट बेचबिखनको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button