आगलागीबाट घाइते वडा अध्यक्ष खनालको मृत्यु
बागलुङ । बागलुङको बरेङ गाउँपालिका ३ का वडा अध्यक्ष पर्णबहादुर खनालको मृत्यु भएको छ ।
बैशाख ८ गते आगलागीमा परी गम्भीर घाइते हुनु भएका अध्यक्ष खनालको बुधबार निधन भएको हो ।
खनालको बुधवार बिहान किर्तिपुरको फायर अस्पतालमा निधन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
गत बैशाख ८ गते गुल्मीको शान्तिपुर बजारमा रहेको घरमा आगलागी हुँदा उहाँका कान्छा छोरा समिर खनालको घटनास्थलमै मृत्यु भएको थियो भने वडा अध्यक्ष खनाल र उहाँको धर्मपत्नी रुपा खनाल गम्भीर घाइते भएकाले अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्