तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय चलचित्रकर्मी इरफान खानको निधन

काठमाडौं । भारतीय चलचित्र अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा क्यान्सर रोगको उपचारकै क्रममा मुम्बईस्थित एक अस्पतालमा बुधबार निधन भएको छ ।

खानका प्रवक्ताका अनुसार इरफानको मृत्यु मुम्बइस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।

सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल “सलाम बम्बे” बाट चलचित्र क्षेत्रमा इरफान प्रवेश गर्नु भएको थियो । यो चलचित्र मुम्बईका सडक बालबालिकाको कथामा आधारित थियो ।

इरफान खान मुम्बईमा मात्र सीमित हुनु भएन । उहाँले निकै ख्याती कमाएका “स्लमडग मिलेनियर”, “जुरासिक वल्र्ड”, “दी अमेजिङ स्पाइडर–म्यान” र “लाइफ अफ पाई” जस्ता चलचित्रमा समेत काम गर्नु भएको थियो ।

उहाँले सुप्रसिद्ध चलचित्र निर्देशकहरु मिरा नायर, वेस एन्डरसन र आङ ली सँग पनि काम गर्नु भएको थियो ।

सन् २०१८ मा इरफानलाई क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उहाँको उपचार बेलायतमा गरिएको थियो ।

खानको अल्पायूमै भएको निधनप्रति भारतीय चलचित्र क्षेत्रका व्यक्तित्वहरुले दुःख प्रकट गरेका छन् ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button