तपाईँ सुन्दै हुनुहुन्छः

टायर पड्कँदा एक युवकको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित मलायारोडमा आज दिउसो गाडीको टायरमा हावा हाल्ने क्रममा टायर पड्कदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत समस्तिपुरका २५ वर्षिय मोहमद हैदर रहेको मोरङ प्रहरीले जनाएको छ । हावा हालिरहेको अवस्थामा पुरानो टायर एक्कासी पड्कदा टायर भित्र रहेको फलामको रिङले टाउको र शरिरमा चोट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो ठाउँमा उनि सटर भाडामा लिएर गाडीको टायर पन्चर वनाउने काम गर्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button