तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाइनमै सुत्केरी    

सुर्खेत- पश्चिम सुर्खेतमा क्वारेन्टाइन बसेका एक महिला सुत्केरी हुनुभएको छ ।

पञ्चपुरी नगरपालिकाले विद्यापुर क्याम्पसमा सञ्चालन गरेको क्वारेन्टाइनमा रहेकी कमला नेपाली मङ्गलबार बिहान छोरा जन्माउनुभएको हो ।
नगरप्रमुख उपेन्द्रबहादुर थापाले कमलालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी लगिएको बताउनुभयो ।

आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ ।

नगरप्रमुख थापाका अनुसार सुत्केरी भएपछि उनलाई होम क्वारेन्टाइनमै राखिने गरी पठाइनेछ ।

पञ्चपुरी–६ छाप्रेकी कमला चितवनबाट वीरेन्द्रनगर हुँदै आइतबार श्रीमान्सँगै विद्यापुर पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button