२०७८ साल असार १ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

सीमा सुरक्षा गर्न म्यादी प्रहरी

रेडियो नेपाल २०७७ वैशाख १७ गते ७:३१

फाइल फोटो

चन्द्रौटा । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ५० म्यादी प्रहरी छनोट गरी परिचालन गर्ने भएको छ । नेपाल भारत सीमामा पर्ने उक्त गाउँपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सीमा सुरक्षा गर्न म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकमध्येबाट छनोट गरी लकडाउन अवधिभर सीमा क्षेत्रको रेखदेख गर्ने जिम्मा दिइने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । नागरिक भारतबाट लुकिछिपी नेपाल भित्रिन संक्ने सम्भावना देखेर गाउँपालिकाले सीमा क्षेत्रमा यस्तो व्यवस्था गर्न लागेको अध्यक्ष थापाले बताउनुभयो ।

गाउँपालिकाले गरेको निर्णयले लकडाउनको प्रभावकारी कार्यान्वयन र शान्ति सुरक्षामा मद्दत पुग्ने इलाका प्रहरी कार्यालय गणेशपुरमा प्रहरी निरीक्षक मधु नेपालले बताउनुभयो । म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको मातहत राखिने गाउँपालिकाको योजना छ । सरकारले लगाएको लकडाउन अवधिमा उनीहरुले काम गर्नेछन् ।

सम्बन्धित