तपाईँ सुन्दै हुनुहुन्छः

टिपर दुर्घटना हुदाँ सहचालकको मृत्यु

धादिङ । त्रिभुवन राजपथ अन्र्तगत धादिङको धुनिबेंसी नगरपालिका वडा नं ९, कानाकोटमा टिपर दुर्घटना हुदाँ सहचालकको मृत्यु भएको छ भने चालक घाईते भएका छन् ।

बा ५ ख ६७७५ नम्बरको टिपर गएराती अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा टिपरका सहचालक धुनिबेंसी नगरपालिका–९ बस्ने ३० वर्षीय अमृत बोगटीको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा सख्त घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका टिपर चालकको भने वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button