तपाईँ सुन्दै हुनुहुन्छः

फेदिखोलाले गर्यो अलनलाइनमा परिक्षाफल प्रकाशन, आफ्नो लब्धांक पत्र समेत हेर्न सकिने

स्याङ्जा । कोरोनाको संक्रमणलाई न्युनिकरणका लागि देश लकडाउनमा छ । एक महिनाभन्दा बढीको लकडाउनले मुल ढोकाको रुपमा लिइने एसइई परिक्षा समेत हुन सकेको छैन् ।

अन्य १ देखि ९ सम्मको परिक्षा सम्पन्न भएको ४० दिन बितिसक्दा नजिता प्रकाशन हुन सकेको छैन् । यसले गर्दा बालबालिकाहरु घरमै छन् । आफ्नो नजिताको लागी कहिलेसम्म कुनुपर्ने हो टुंगो छैन् । कही कही अनलाइनबाट परिक्षाफल प्रकाशन गरेको कुरा बाहिर आए पनि लनलाइन शिक्षण भने शुरु हुन सकेका छैनन् ।

एसइई पुर्नताजगी र ११, १२ को अनलाइन शिक्षण भने स्याङ्जाका नेपाल आर्दश मावि र वालिङ क्याम्पसले गरेका छन् ।

कक्षा ९ सम्मका परिक्षाफल प्रकाशन र नयाँ सत्रमा अन्योल भइरहँदा भने स्याङ्जाकै फेदिखोला गाउँपालिकाले अनलाइनबाट नतिजा प्रकाशन गरेको छ ।

पालिकास्तरीय कक्षा ८ को नजिता गाउँपालिकाले अनलाइन प्रणालीद्वारा प्रकाशन गरेको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

अध्यक्ष सुवेदीले भन्नुभयो, ‘हामीले परिक्षाफल लनलाइनमा राखेका छौँ । पालिकाद्वारा सञ्चालित गाँउपालिकास्तरीय कक्षा ८ को नजिता विद्यार्थी तथा अभिभावकले अनलाइनमा हेर्न सक्नुहुनेछ । ’

विद्यार्थीले आफ्नो ७ अंकको सिम्बोल नम्बर र जन्ममिति पालिकाको वेबसाईटमा टाईप गरेपछि लब्धांकपत्र समेत हेर्न र पिन्ट आउट गर्न सक्नेछन् ।

यही बैसाख १४ गते परिक्षा समितिको भर्चुवल बैठकले नजिता अनलाइनमा प्रकाशन गर्ने निर्णय गर ेअनुसार नजिता प्रकाशन गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

अन्य विद्यालयहरुको नजिता समेत यही बैसाख १९ गतेभित्रै प्रकाशन गरिने तयारी गरिएको उहाँले बताउनुभयो ।

http://120.89.109.221:802/ble_result/phedikholamun.gov.np/ble_result/ मा गएर विद्यार्थीले नजिता थाहा पाउन सक्नेछन् ।

पालिकाका १२ विद्यालयबाट कक्षा ८ को पालिकास्तरीय परिक्षामा २०१ जना विद्यार्थी सहभागि थिए ।

ईनटरनेटको पहुँच हुनेले सजिलै ईन्टरनेटबाट हेर्न सक्नेछन् भने ईन्टरनेटको पहुँचबाट टाढा हुनेले विद्यालयमा सम्पर्क गर्न सक्नेछन् भने पालिकामा समेत सम्पर्क गरी नजिताको बारेमा जानकारी लिन सक्ने पालिकाका आइटी अफिसर दिपक ओझाले बताउनुभयो ।

पालिकामा यसअघि पनि डिजिटलको अभ्यास भइरहेको छ । पालिकाले अनलाइन खाद्य एप समेत सञ्चालनमा ल्याएको छ ।

लकडाउनकै अवधिमा पालिकाको खाद्य एप मार्फत अर्डर गरी घरमै खाद्यान्न पुर्याउने व्यवस्था समेत गरेको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पालिकाले घरघरमै बसी बसी खाद्यान्न अर्डर गर्न पाउने व्यवस्था गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button