तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं १ मा ३१ जना कोरोना सङ्क्रमित, ८०९ जनाको परीक्षण

विराटनगर –  प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ ।

प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ ।

प्रदेशमा ३१ जनालाई कोरोना सङ्क्रमण देखिएको छ भने दुई हजार ९२ जना क्वारेन्टाइनमा छन् ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु. २८ करोड ८२ लाख ९७ हजार ५४ जम्मा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button