तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल प्रेस विज्ञप्ति

काठमाडौं । रेडियो नेपालले, आज विहान साँढे ६ बजे प्रसारित अन्तरसम्वाद कार्यक्रममा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शार्मा ओलीलाई लक्षित गरी प्रयोग गर्नुभएको भाषा र बिचारप्रति दुःख व्यक्त गरेको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले आज एक विज्ञप्ति प्रकाशित गरी डा.नवराज लम्सालले सञ्चालन गर्नुभएको अन्तरसंवाद कार्यक्रम प्रत्यक्ष प्रशारण भएकाले सम्पादन गर्न नसकिएको भन्दै क्षमा प्रकट गर्नुभएको छ ।

साथै कार्यकारी निर्देशक कार्कीले विज्ञप्ति मार्फत आगामी दिनमा रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रममा अतिथि चयन गर्दा सचेत रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button