तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा लकडाउनको समयमा बन अतिक्रमण र काठ तस्करी बढ्यो

डडेल्धुरा । डडेल्धुराको भित्र मधेस र अमरगढी नगरपालिकाको महाभारत क्षेत्रमा लकडाउनको समयमा बन अतिक्रमण र काठ तस्करी बढेको छ । लकडाउनमा मानिसहरु घरभित्रै बसेको मौका छोप्दै आलिताल गाउँपालिका र परशुराम नगरपालिका क्षेत्रमा रहेका वन क्षेत्रमा काठ तस्करी बढेको हो ।

चोरी तस्करीमा संलग्नहरुलाई डिभिजन वन कार्यालय डडेल्धुराले पक्राउ समेत गरेको छ ।

आलिताल गाउँपालिका–४ को जालटुडाँ भन्ने स्थानमा से१च २५० नम्बरको महेन्द्रा बोलेरो जिपमा अवैध ढंगले लुकाइछिपाइ ल्याइएको नौ थान साल जातका कडी ५.२५ घन फिट काठ प्रहरीले बरामत गरेको छ ।

यसैगरी बैशाख ११ गते आलिताल गाउँपलिकाकै वडा नं. ६ को बसन्त हरियाली सामुदायिक वन भित्र गस्ती निरीक्षणको क्रममा साल र सल्लोको ६० थानको ५९.९३ घन फिट चिरान काठ बेवारिसे अवस्थामा बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

डिभिजन वन कार्यालय डडेल्धुराले परशुराम नगरपालिका–८ को सुन्दरी सामुदायिक वनमा नयाँ र पुराना गरी १० वटा काठका गोलिया (५२.८ घन फिट) बरामद गरेको छ ।

यसैगरी डडेल्धुराको अमरगढी नगरपालिका अन्र्तगत रहेको महाभारत क्षेत्रमा बिभिन्न सडक खण्डमा बन अतिक्रमण गरि नयाँ घर टहर निर्माण भइरहेका छन् ।

लकडाउनको समयमा काठ तस्करी र बन अतिक्रमण गरि बनाएका सम्पुर्ण घरटहरा हटाइने डिभिजन कन कार्यालय डडेल्धुराका बन अधिकृत बिष्णुप्रसाद आर्चायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button