तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा पाइप उद्योगमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति

बीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजारथटोलमा रहेको मनकामना पाइप उद्योगमा आगलागि हुँदा एक करोड भन्दा बढीको क्षति भएको छ ।

लकडाउनको कारण बन्द रहेको उद्योगमा आज दिउँसो अचानक विद्युत सर्ट भई आगलागी भएको र आगलागीबाट उद्योगको गोदाममा ठूलो परिणाममा रहेको प्लाष्टिकका पाइप तथा पाइप बनाउने कच्चा पदाथसहित मेसिनरी सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो वीरगंज महानगरपालिकाको दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट झण्डै एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिए पनि क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button