तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा बिरामीको मृत्यु भएको भन्दै आफन्तद्वारा मेडिकल घेराउ

चितवन । पर्वी चितवनको कालिका–२, स्थित प्रकाश मेडिकलमा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले मेडिकल घेराउ गरेका छन् ।

आज बिहान पेट दुखेर मेडिकल पुगेकी २५ बर्षिय निरमाया थिङको सोही मेडिकलमा मृत्यु भएको निरमायाका श्रीमान भिम मोक्तानले बताउनुभयो ।

मेडिकलमा उपचारमा लापरवाही भएको र उनको थप उपचारको लागि मेडिकलले भरतपुर पठाए पनि पुरानो मेडिकलमा पुग्दा श्रीमतीको मृत्यु भइसकेको मोक्तानले बताउनुभयो ।

पर्सा जिल्लाको ठोरी–५, सुबर्णपुर घर भएका उनीहरु हाल कालिका–१, लंकालाइनमा भाडामा बस्दै आएका थिए ।

मेडिकल सञ्चालक प्रकाश रिजालले बिरामीको पेट दुखेकोले दुखाई कम गराउने डिक्लोफेनिक र ग्यास्टिकको सुक्राफिल औषधी दिई भरतपुर पठाइएको बताउनुभयो ।

मेडिकल सञ्चालक रिजाललाई सोधपुछका लागि ईलाका प्रहरी कार्यालय टाँँडी लगिएको प्रहरीले जनाएको छ ।

अहिले मृतकको शब सरकारी अस्पतालमा पोस्टमाटमको लागि राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button