२०७८ साल जेठ ३१ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं. १ मा पाँच हजार बढीको परीक्षण

रेडियो नेपाल २०७७ वैशाख १५ गते ८:५७

विराटनगरप्रदेश नं.१ मा हालसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ ।
द्रूत परीक्षण विधि (आरडीटी)बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सूचना डेस्कका अनुसार आरडीटीबाट तीन हजार ८०८ जना पुरुष र ७३७ जना महिलाको परीक्षण भएको छ । पिसीआरतर्फ ७२० पुरुष र २५३ जना महिलाको परीक्षण भएको छ । प्रदेशमा ३० जनामा हालसम्म कोरोना सङ्क्रमण देखिएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या आइतबारसम्म कूल एक हजार ७७१ जना पुगेको छ । ४७ जना घर गएका छन् । क्वारेन्टाइनमा ३०८ महिला र एक हजार ४६३ पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । एकजना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा पाँच हजार ७६० जनामा महिला एक हजार दुई जना र पुरुष चार हजार ७५८ जना रहेका छन् ।

पत्रकारलाई एन ९५ मास्क

कोरोना रोकथाममा नियमित समाचार सङ्कलन गर्ने पत्रकारको स्वास्थ्य एवं सुरक्षाका लागि ध्यान दिई करुणा फाउण्डशेन नेपाले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

फउण्डेशनका प्रदेश सहनिर्देशक योगेन्द्र गिरिले नेपाल पत्रकार महासङ्घ मोरङका उपसभापति कुमोद अधिकारीलाई एन ९५ मास्क, सेनेटाइजरलगायतका स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो ।

सम्बन्धित

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

२ घन्टा अगाडि रेडियो नेपाल

जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने

२ घन्टा अगाडि रेडियो नेपाल