तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा परीक्षण गरिएका ६ सय ५९ कै रिपोर्टमा कोरोना नेगेटिभ

नेपालगन्ज । बाँकेमा हालसम्म ६ सय ५९ जनाको नमुना परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ देखिएको छ ।

“पिसिआर“ विधिबाट १ सय २० र र्“यापिड डायग्नोष्टिक टेष्ट“ किटबाट परीक्षण गर्दा ५ सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौ र रुपन्देहीमा पिसिआर विधिबाट परीक्षण गरिएका ९२ र भेरी अस्पतालमा परीक्षण गर्दा २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भेरी अस्पतालमै परीक्षण गरिएका बर्दियाका ७ र दाङका ५ जनाको रिपोर्ट पनि नेगेटिभ आएको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

भेरीमा हालसम्म ४० जनाको परीक्षण गरिएको छ भने ५ जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुमा १४ दिन पूरा भएपर्छि यापिड किटबाट परीक्षण गरिरहेको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अरु सात दिन घरमै क्वारेन्टाइनमा बस्ने गरी घर फिर्ता पठाउने गरिएको छ । बाँकेमा अहिले आइसोलेसनमा ६ जना विरामी रहेका छन् भने ११ जना उपचारपछि डिष्चार्ज भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button