तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

जनकपुरधाम । कोरोनाको महामारी नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको अभाव अहिले पनि रहेको बेलामा दुई वटा संस्थाले प्रदेश नंं २ का सरकारलाई आज विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रदान गरेका छन् ।

गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान नेपाल र नेपाल भारत युवा मैत्री संघ नेपालले संयुक्तरूपमा प्रदेश नं २ सरकारलाई पिपिई एक सय थान, सेनिटाइजरको बोटल एक कार्टुन, एन ९५ मास्क एक सय थान, सर्जिकल मास्क दुई हजार, सर्जिकल ग्लोब्स दुई हजार थान प्रदान गरेको हो ।

स्वास्थ्य सामग्रीहरु प्रतिष्ठानका तर्फबाट पूर्वमन्त्री एवं सांसद अनिल कुमार झा तथा मैत्री संघका जिल्ला अध्यक्ष पकञ्ज महतो र जीवनाथ चौधरीले संयुक्त रुपमा नै प्रदेश नंं २ का सामाजिक विकास मन्त्री नवल किशोर साहलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश नंं २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदान गरिएको स्वास्थ्य सामाग्रीहरु कोरोनाको महामारी नियन्त्रण तथा रोकथामका लागि निक्कै महत्वपूर्ण भएको बताउँदै दुवै संस्थालाई धन्यवाद दिनुभयो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेश नंं २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, उघोग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालगायतको उपस्थित रहेको थियो ।

प्रदेश नंं २ मा अहिले पनि कोरोनाबाट जोगिनका लागि स्वास्थ्य सामाग्रीहको अभाव कायमै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button