तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा स्वास्थ्य परिक्षण प्रभावकारी बन्दै

मेलम्ची । सिन्धुपाल्चोक जिल्लामा वडा अध्यक्षहरुको नेतृत्वमा स्वास्थ्यकर्मीहरुमार्फत स्वास्थ्य परिक्षणको दायरा फराकिलो पारिएको छ ।

गत हप्ता सभामुख अग्निप्रसाद सापकोटाको पहलमा स्थानीय विपद् व्यवस्थापन समितिहरुमार्फत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएपछि हरेका वडामा परिक्षण तिव्र पारिएको हो ।

नेकपाका केन्द्रिय सदस्य माधव सापकोटाले सामग्री वितरणका क्रममा प्राप्त स्वास्थ्य सुरक्षा साधनको प्रयोग गरी हरेक घर घरधुरीमा पुगेर परिक्षण गर्न सुुझाव दिनुुभएको थियो । सापकोटाको सुझावपछि यस कायमा तिव्रता आएको हो ।

चौतारा साँगाचोकगढी नगरपालकिाका वडा न २ का अध्यक्ष दिपेन्द्र थापाका अनुसार सभामुखको पहलमा आएको स्वास्थ्य सुरक्षा सामग्रीले सबैको स्वास्थ्य परिक्षण गरिएको छ । थापाले सहयोगका लागि सभामुखलाई धन्यवाद दिनुुभएको छ ।

यस्तै सुनकोशी–६ का अध्यक्ष रामकुमार थापाले पनि सामग्री पाएपछि सबै घर धुरीमा पुुगेर परिक्षण गरिएको जानकारी दिनुुभयो ।

बलेफी–४ का वडाध्यक्ष कालीप्रसाद तामाङले प्राप्त स्वास्थ्य सामाग्रीको प्रयोगमार्फत घर घर पुुगेर स्वस्थ्य जाँच गरिएको बताउनुुभयो ।

यस्तै बलेफी–३ का अध्यक्ष विरमान तामाङले पनि वडाबासीको घरमै गएर उनीहरुको स्वास्थ्य परिक्षण गरिएको जानकारी दिनुुभयो ।

कुल एक सय एक वडा रहेका सिन्धुपाल्चोकका अधिकांस वडाले घरमै पुुगेर स्थानीयको स्वास्थ्य परिक्षण गरिरहेका छन् । हालसम्म सिन्धुपाल्चोकमा कुनै पनि कोरोना पोजेटिभ फेला परेको छैन ।

सभामुखले सापकोटाले जिल्लाका जनप्रतिनिधिहरुसँगको टेलिफोन संवादपछि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन पहल गर्नुभएको थियो । सभामुखले आवश्यकताका आधारमा थप सहयोगको पहल गरिने बताउनुुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button