तपाईँ सुन्दै हुनुहुन्छः

थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण,  सङ्क्रमितको सङ्ख्या ५१ पुग्यो 

फाइल तस्बिर

काठमाडौं । वीरगञ्जमा थप दुइजनमा कोरोना संक्रमण देखिए पछि देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या ५१ पुगेको छ ।

३ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । यो सँगै स्वस्थ भएर घर फर्किनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिएको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआर विधिबाट ९ हजार ९ सय ३१ जना र आरडीटी विधिबाट ४१हजार ४सय ३६ जनाको परीक्षण गरी कूूल ५१हजार ३सय ६७ जनाको परीक्षण गरिएको जानकारी दिनुभयो ।

पछिल्लो समयमा १७ हजार २५ जनालाई क्वारेन्टाइनमा राखिएको र आइसोलेसनमा १सय १० जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो ।

मिडिया व्रिफिङमा प्रवक्ता डा. देवकोटाले मन्त्री स्तरमा सार्क तथा दक्षिण एसियाली मुलुकका मन्त्रीहरुसँग छलफल भएको र दक्षिण एसियामा रहेका ११ देशमध्ये नेपालको स्थिति सन्तोषजनक रहेको पनि बताउनुभयो ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस व्रिफिङमा कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले कोरोना संक्रमणको जोखिम बालबालिकामा न्यून रहे पनि बाल स्वास्थ्यमा ध्यान दिन अभिभावकहरुमा अनुरोध गर्नुभएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button