तपाईँ सुन्दै हुनुहुन्छः

महाकालीमा बगेकी महिलाको अवस्था गम्भीर, हेलिकप्टरमार्फत अस्पताल लगियो

दार्चुला । नेपाल–भारत सीमा महाकालीमा बगेकी महिलाको उद्धार गरिएको छ । महाकाली नदीमा बगेकी दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ की ३० वर्षीय सपनातिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो ।

आइतबार बिहान नदीमा बग्दै आएकी ऐतवाललाई महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रबाट उद्धार गरिए पनि अवस्था गम्भीर रहेकाले थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत मेडिकल कलेज कोहोलपुर लगिएको छ ।

उनको अवस्था गम्भिर भएकाले जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि थप उपचारको जिल्ला बाहिर रेफर गरिएको अस्पतालले जनाएको छ ।

विहान ६ः३० बजेतिर महाकाली नगरपालिकाको वडा नम्बर ४ दुमपानीबाट बगेकी महिलाको सुरक्षाकर्मीले उद्धार गरेर जिल्ला अस्पताल पुर्याएको दार्चुलाका प्रहरी प्रमुख दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।

महाकाली नगरपालिका वडा नम्बर ४ तिंकरखेडामा बस्ने ऐतवाल कसरी महाकाली नदीमा कसरी बगिन भन्ने केही खुल्नमा आएको छैन् ।

अचेत अवस्थामा उद्दार गरिएकी ऐतवालको दुई सन्तान छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button