तपाईँ सुन्दै हुनुहुन्छः

घर घरमा स्वास्थ्यकर्मी र औषधी

मेलम्ची । त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनमा स्थानीयबासीको स्वास्थ्य परीक्षणका लागि घर घरमा स्वास्थ्यकर्मी अभियान सुरु गरिएको छ ।

घर घरमा स्वास्थ्यकर्मी अभियान सुरु गर्दै धुस्कुनमा स्थानीयको स्वास्थ्य परीक्षण थालिएको हो ।

शनिबार एकैदिन ६ सय जनाको स्वास्थ्य परीक्षण भएको छ ।  शनिबार खाजिलुङ, निगाले, पात्ले, जात्राथलीका ६ सय जनाको सामान्य स्वास्थ्य परीक्षण र आवश्यक औषधीसमेत प्रदान गरिएको वडाध्यक्ष सुकदेव रिसालले बताउनुभयो ।

अभियानमा टोल टोलमा पुगेर वडाका दीर्घरोगीहरुको विवरण संकलन पनि गरिएको छ ।

नियमित रुपमा औषधी सेवन गरिरहेकाहरुको विवरण संकलन गरि उनीहरुलाई आवश्यक औषधी प्रदान गरिने रिसालले बताउनुभयो ।

स्वास्थ्यकर्मीसहित स्वयमसेवक दस्ता बनाएर स्वास्थ्य परीक्षणमा खटाइएको छ । विभिन्न तीन टोली बनाएर धमाधम जनताको स्वास्थ्य परीक्षण भइरहेको छ । रुघाखोकी, ज्वरो, प्रेसर जाँच गर्दै आवश्यक औषधी उपलब्ध गराइएको छ ।

वडाका चार हजार बढि स्थानीयको स्वास्थ्य परीक्षण गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको वडाध्यक्ष रिसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button